आज:  | Tue, 30, May, 2023

जापानी चलचित्र महोत्सव आयोजना हुदै

२०७९, ११ चैत्र शनिबार १४:५६ मा प्रकाशित ( २ महिना अघि) १३६५ पाठक संख्या

गणेश तिवारी । काठमाडौंमा जापानी संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले जापान डे तथा जापानी चलचित्र महोत्सव आयोजना हुने भएको छ । महोत्सव शुक्रबारदेखि काठमाडौँको राष्ट्रिय नाचघरको हलमा सुरु हुने नेपालस्थित जापानी राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
जापानी दूतावासको आयोजना तथा जापानी भाषा शिक्षक सङ्घ नेपालको सहकार्यमा शुक्रबार र शनिबार काठमाडौँस्थित राष्ट्रिय नाचघरमा महोत्सव हुने जनाइएको छ । चलचित्रको अङ्ग्रेजी भाषामा समेत भाषानुवाद हुने र पहिले आउने दर्शकलाई निःशुल्क प्रवेश गराइने विज्ञप्तिमा जनाइएको छ । सो महोत्सवबाट नेपाली जनताले नेपाली र जापानी चलचित्रबीचको समानता र अन्तरबारे तुलना गर्न पाउने आयोजकले विश्वास लिएको छ । महोत्सवमा पाँचवटा चलचित्र प्रदर्शन गरिनेछ ।

25th March (Saturday)
11:30 a.m. Where I Belong (108 min)
2:00 p.m. Mourning Recipe (129 min)
26th March (Sunday)
11:00 a.m. Key of Life (128 min)
1:20 p.m. Sinbad (Animation-144 min)
3:20 p.m. Aristocrats (124 min)

खबर एक्सप्रेस