आज:  | Mon, 04, Dec, 2023

‘नाइँ नभन्नु ल ६’को ट्रेलर सार्वजनिक

२०७९, १६ चैत्र बिहीबार २२:०३ मा प्रकाशित ( ८ महिना अघि) ३५३५ पाठक संख्या

काठमाडौं । फिल्म ‘नाइँ नभन्नु ल ६’को ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेट लामो ट्रेलरमा बाल र युवापुस्ताको प्रेम र विछोडलाई सांगीतिक शैलीमा प्रस्तुत गरिएको छ । ड्रामा र एक्सन दृश्यले समेत भरिपूर्ण ट्रेलरमा डेब्यु अभिनेता आशिर्वाद क्षेत्री शीर्ष भूमिकामा देखिएका छन् ।
विकास आचार्य निर्देशित फिल्ममा कलाकार सरोज खनाल, प्रियंका कार्की, केकी अधिकारी, अनुभव रेग्मी, योगिसा खत्री लगायत अन्य बाल कलाकारलाई पनि चित्रण गरिएको छ ।

खबर एक्सप्रेस