काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मिटरब्याजीको तमसुक जलाउन चुनौती दिएका छन् । बिहीबार सामाजिक सञ्जालमा एक भिडिओ सेयर गर्दै उनले राजाले साहुकारको तमसुक जलाएजस्तै मिटरब्याजीको तमसुृक जलाउन चुनौती दिएका हुन् ।
मिटरब्याजी पीडित काठमाडौं आएर न्यायका लागि संघर्ष गरिरहेका बेला उनले सत्ताको नेतृत्वमा रहेकालाई मिटरब्याजीको तमसुक राजाले जस्तै जलाउन चुनौती दिएका हुन् । तमसुक व्यवस्थालाई सामन्ती व्यवस्थाको अवशेष र त्यसको जग राजतन्त्र हो भन्ने भाष्य निर्माण गर्नेहरू नै अहिले राज्यसत्ताको नेतृत्वमा रहेको भन्दै उनले राजाले साहुकारहरूको तमसुक जलाए जस्तै मिटरब्याजीहरूको तमसुक जलाउन (खारेज)गर्न तयार छन् भन्दै प्रश्न गरेका छन् । बिहीबार ट्वीटरमा आफूले सेयर गरेको भिडिओ हेर्न आग्रह गर्दै उनले लेखेका छन्, ‘ तमसुक ९मिटरब्याज० व्यवस्थालाई सामन्ती व्यवस्थाको अवशेष र त्यसको जग राजतन्त्र हो भन्ने भाष्य निर्माण गर्नेहरू नै राज्यसत्ताको नेतृत्वमा छन् । के राजाले साहुकारहरूको तमसुक जलाए जस्तै मिटरब्याजीहरूको तमसुक ९कागजात० जलाउन ९खारेज० गर्न तयार छन् रु’