आज:  | Wed, 27, Mar, 2024

फिल्म बुलाकी टिम बाग्मती सफाईमा

२०७९, १९ चैत्र आईतवार १५:२० मा प्रकाशित ( ११ महिना अघि) २४५० पाठक संख्या

गणेश तिवारी । बाग्मती सफाई महाअभियानको ५१६औं हप्ता तिलगंगाा आँखा अस्पताल नजिक निलोपु्ल आसपास सम्पन्न भएको छ । अभियानमा कर्णालीको बास्तबिक कथामा आधारीत फिल्म बुलाकीको टिम सहभागी रहेको थियो । फिल्मका अभिनेता नरेन खड्का निर्देशक लक्ष्मण सुनार कलाकार निर्माता टोपेन्द्र विष्ट लगायतको सहभागीता रहेको थियो । कलाकार टिमलाई अभियानको तर्फबाट स्वागत तथा फिल्मको सफलताको शुभकामना समेत दिईएको थियो । बुलाकी टिम २ घण्टा नै अभियानमा सरिक रहेको थियो । अभियानबाट ३ मेटिकटन फोहर ब्यबस्थापन गरिएको थियो ।

सुरक्षा पन्त स्टारर सोसल ड्रामा ‘बुलाकी’को ट्रेलर सार्वजनिक भएको छ । निःसन्तान भएपछि बुहार्तन खेप्न बाध्य महिला पात्र अकै पुरुषसँग विवाह गरेर हिंडेपछिको कथावस्तु वरपर फिल्म घुमेको छ । फिल्ममा सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट, सरस्वती खत्री, प्रकाश कँडेल लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी लगायतको अभिनय छ । कर्णालीको कथा माथी फिल्म चित्रण गरिएको छ । लक्ष्मण सुनार निर्देशित फिल्मलाई टोपेन्द्र विष्टले निर्माण गरेका हुन् । फिल्म बैशाख १ गते प्रर्दशनमा आउदै छ ।

खबर एक्सप्रेस