आज:  | Sun, 21, Apr, 2024

कोरोना सङ्क्रमण बढयो खोप लगाउन सबैमा अपील

२०७९, २८ चैत्र मंगलवार ०८:०७ मा प्रकाशित ( १ साल अघि) २०७८ पाठक संख्या

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । दैनिक रुपमा सङ्क्रमण बढिरहेकाले खोपको पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन आग्रह गरेका छन् ।

शून्यमा झरेको कोरोना भाइरसको सङ्क्रमण अहिले दैनिक बढिरहेको छ । अहिले सक्रिय सक्रमितको सङ्ख्या ३५६ जना पुगीसकेको छ ।
अहिले काठमाडौँसहित उपत्यकाका ठूला अस्पतालमा कोरोना भाइरस विरुद्धको बुस्टर डोज लगाइँदै छ । स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामति कर्मचारी अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, नेपाल प्रहरी अस्पतालबाट बुस्टर डोज खोप प्रदान गर्दै आइरहेको छ ।

केही दिनअघि गरिएको अनुवांशिक अध्ययमा नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि. १.१६ देखा परेको छ । मन्त्रालयले सङ्क्रमणको लक्षण देखिने वित्तिकै परीक्षण गराउन र आइसोलेशनमा बस्न अपील गरेको छ ।

खबर एक्सप्रेस