आज:  | Wed, 27, Mar, 2024

वर्ष २०७९मा युट्युबमा सबैभन्दा धेरै हेरिने गीत

२०७९, २८ चैत्र मंगलवार ०८:५७ मा प्रकाशित ( ११ महिना अघि) २२३३ पाठक संख्या

गणेस तिवारी काठमाडौं । वर्ष २०७९ बैशाख १ गतेदेखी चैत्र मसान्तसम्म युट्युबमा सबैभन्दा धेरै हेरिने गीत उर्गेन दोङ र अनु चौधरीको स्वरमा रहेको ‘लजालु मायालु’ बोलको गीत बनेको छ । यो गीत ६ महिनाअघि रिलिज भएको थियो । गीतलाई चार करोडभन्दा बढी पटक हेरिएको छ । गीत टिकटक लगायत अन्य प्लेटफर्ममा समेत भाइरल बनेको छ । दोस्रो स्थानमा भने सज्जनराज वैद्यको गीत ‘धैर्य’ छ । यो गीतलाई पनि दुई करोड १८ लाख भन्दा बढी पटक हेरिएको छ ।
२०७९ सालको वैशाख १ गतेदेखि चैत मसान्तसम्म रिलिज भएका गीतको युट्युब भ्युजको आधारमा उत्कृष्ट १० भित्र भित्रको सुची यसप्रकार छ ।

१. लजालु मायालु  (उर्गेन दोङ र अनु चौधरी ) युट्युब भ्युज : ४ करोड
२. छमक छमक (सन्तोष सुनार)  युट्युब भ्युज : ३ करोड २ लाख
३. धैर्य (सज्जनराज वैद्य) युट्युब भ्युज : २ करोड १८ लाख
५. कालो चश्मा (डोल्मा ह्योल्मो)  युट्युब भ्युज : २ करोड ६ लाख
६. सोल्टी बजार (शान्तिश्री परियार) युट्युब भ्युज : २ करोड
७. ए हो र माया (हिमाल सागर र अनु चौधरी) युट्युब भ्युज : १ करोड ९९ लाख
८. हाम्रो यो माया (उर्गेन दोङ)  युट्युब भ्युज : १ करोड ८० लाख
९. दर्शन सलाम (छक्कापञ्जा ४ ) डेभिड शंकर र साहिमा श्रेष्ठ  युट्युब भ्युज : १ करोड ७२ लाख
१०. मेरी चम्पा (ट‌ंक तिमिल्सिना)  युट्युब भ्युज: १ करोड ६० लाख

खबर एक्सप्रेस