आज:  | Wed, 27, Mar, 2024

६४ जनामा कोरोना संक्रमण पुष्टि

२०८०, २ बैशाख शनिबार १९:१७ मा प्रकाशित ( ११ महिना अघि) १४५८ पाठक संख्या

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १५१ पीसीआर र ८०५ एन्टिजेन गरी कुल ९५६ जनाको परीक्षणमा ऊक्त संख्यामा संक्रमित देखिएका हुन् । पीसीआरमा २१ र एन्टिजेन परीक्षणमा ४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ भेरिएन्ट देखिएसँगै संक्रमितको संख्या केही हप्तायता बढ्दो क्रममा छ । हाल सक्रिय संक्रमितको संख्या ३७७ पुगेको छ ।
मन्त्रालयको नियमित कोभिड अपडेट अनुसार हाल संस्थागत आइसोलेसनमा ३२ जना, आईसीयूमा ११ जना र भेन्टिलेटरमा ३ जना रहेको देखिएको छ ।

खबर एक्सप्रेस