काठमाडौं । सीमा संरक्षणको सन्देश दिने कथावस्तु बोकेको फिल्म ‘काँडेतार’को शीर्ष गीत सार्वजनिक भएको छ । शनिबार सार्वजनिक गीतमा नवल खड्का, सुरविना कार्कीसहित अन्य कलाकारको अभिनय हरेको छ । गीतमा गौरव पहारी, रेविका गुरुङ, प्रशान्त यादव, मुरलीधरण, प्रेम सुब्बा, सञ्जल खतिवडा, रोमियान लिम्बु, पुष्पा श्रेष्ठ, रवि शाह समेत फिचर्ड छन् । गीतमा सत्यकला राई, राजेशपायल राई र जे पापीको स्वर छ भने संगीत मणी थापाले दिएका छन् ।शब्द रचना मिलन कान्छा किराँतीले लेखेका छन् । फिल्मको कथा अभिनेता तथा निर्माता समेत रहेका खड्काले लेखेका हुन् । कार्यकारी निर्मातामा गायिका समेत रहेकी सत्यकला राई हुन । माकिको राई र अन्जु केसी निर्माता रहेको फिल्मको प्रदर्शन मिति भने घोषणा भएको छैन ।