आज:  | Fri, 29, Mar, 2024

वैशाखदेखि मासिक बक्स अफिस विवरण सार्वजनिक

२०८०, २ बैशाख शनिबार २२:११ मा प्रकाशित ( ११ महिना अघि) १७०६ पाठक संख्या

काठमाडौँ । नेपालभर चलचित्र प्रदर्शन भएवापत गरेको व्यापारको तथ्याङ्क नेपाल सरकारसँग बक्स अफिस प्रणाली (ई–टिकेटिङ सिस्टम) मार्फत प्राप्त हुने गर्छ । विसं २०७६ देखि नेपालमा लागू गरिएको यो प्रणाली सुरू नहुँदा निर्माता वितरककै तथ्याङ्कमा भर परिरहेका थिए । चलचित्रको वास्तविक कमाइको विवरण देखाउने प्रणालीमार्फत कुन चलचित्र भवनमा कति टिकट बिक्री भयो भन्ने आधिकारिक तथ्याङ्क निर्माता तथा वितरकले थाहा पाउँछन् । यो प्रणाली जडान भएको तीन वर्ष पूरा भइसक्दा पनि यसको विश्वसनीयतामा प्रश्न उठ्ने गरेको छ । बोर्डले २०७९ सालमा प्रदर्शन भएको एक सय ३५ मध्ये एक सय ३२ चलचित्रको कूल व्यापार सार्वजनिक गरेको छ ।
चलचित्रको व्यापारबारे फैलिने भ्रम हटाउन वैशाखदेखि मासिक रुपमा बक्स अफिस विवरण सार्वजनिक गर्ने तयारीमा बोर्ड रहेको छ ।

खबर एक्सप्रेस