आज:  | Fri, 19, Apr, 2024

बुलाकीले भोलीबाट प्रर्दशन रोक्यो

२०८०, २ बैशाख शनिबार २२:४२ मा प्रकाशित ( १ साल अघि) २४१९ पाठक संख्या

गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र बुलाकीले भोलीबाट आफ्नो  प्रदर्शन रोकेको छ । निर्देशक लक्षमण सुनारले एक विज्ञप्ती जारी गर्दै आइतबारबाट प्रदर्शनरत सबै हलबाट चलचित्र फिर्ता लिएको घोषणाघ गरेका छन् । बुलाकी’ चलचित्र हेरिसक्नु भएका सम्पूर्ण दर्शकहरूमा मनैदेखि आभार प्रकट गर्दछौं । हाम्रो चलचित्र हेर्न बाँकी सम्पूर्ण दर्शकहरूलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै भोलि आइतबारबाट प्रदर्शनरत सबै हलबाट चलचित्र फिर्ता लिएको घोषणा गर्दछौं । सम्पूर्ण दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाएको फिल्मलाई चौतर्फी घेराबन्दी गरि जसरी निर्माता डुबाउने खेल खेलियो यो हामी बिल्कुल मान्न तयार छैनौं । चलचित्र निकाल्नुका कारणहरू:
१. दर्शकको राम्रो प्रतिक्रिया हुँदाहुँदै चलचित्रलाई हल व्यावसायिले गरेको अपहेलना ।
२. प्राप्त सबै शोज अफटाइममा ।
३. मोफसलका मुख्य स्टेशनमा १ शो पनि उपलब्ध नगराएको ।
४. चलचित्रलाई अपहेलना गरेर दिइएका प्रायः सबै शोजहरु एकाबिहानै मात्र उपलब्ध गराएको ।
५. चलचित्र प्रदर्शन भएको दोस्रो दिन बाटै ७०% शो कटौती गरेको ।
६. फर्स्टलूक पोस्टर सार्वजनिकदेखि टिजर, ट्रेलर र गीत सार्वजनिक भइसक्दा प्राप्त हाइपलाई बेवास्ता गर्दै फिल्म र फिल्मको कन्टेन्ट नहेरी भूर्ण हत्याको शैलीमा अग्रिम बुकिङमै फिल्मलाई न्यून शोज उपलब्ध गराएको ।

अब हाम्रो चलचित्र दर्शकको माग अनुसार परिस्थिति हेरेर प्रोजेक्टरबाट चोकचौतारा समेत देखाउने छौं । यसैपनि काठमाडौंले अबहेलना गरेको कर्णाली र सूदूरपश्चिमको कथा उठाएर करोडौं रिस्क लिँदै चलचित्र बनाउँदा फिल्म क्षेत्रले समेत सोही व्यबहार दोहोर्‍याएको छ । यो बीचमा नयाँ मेकरको रूपमा पाइला राख्दा पहिलो पाइला मै साथ, सहयोगसहित हौसला प्रदान गर्नुहुने यहाँ सम्पूर्णमा कृतज्ञ छौं । फिल्ममार्फत देश, समाज र माटो बोल्ने अझै धेरै कथा लिएर दर्शकमाझ आउनेछु । म थाकेको मात्र हुँ हारेको छैन । अन्त्यमा धन्यवाद उपत्यका वितरण कम्पनी त्रीनेत्रम डिस्टृब्यूसन (सुनिलकुमार थापा) अनि धन्यवाद मोफसल वितरण कम्पनि एफडी कम्पनि (छवि ओझा)

खबर एक्सप्रेस