आज:  | Wed, 27, Mar, 2024

कैलालीमा कोरोना संक्रमित एक जनाको मृत्यु

२०८०, ३ बैशाख आईतवार ११:३६ मा प्रकाशित ( ११ महिना अघि) १६४४ पाठक संख्या

धनगढी । कैलालीमा कोरोना संक्रमित एक जना महिलाको मृत्यु भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरकी एक जना वृद्ध महिलाको कोरोना संक्रमणका कारण मृत्युु भएको अस्पतालले जनाएको छ । अस्पतालका वरिष्ट जनरल फिजिसियन डा। शेरबहादुर कमरका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया कोभिड संक्रमित महिलाको आइतबार बिहान साढे ८ बजे मृत्यु भएको हो । चैत २६ गते कारोना संक्रमण पुष्टि भएकी ती महिलालई आईसियुमा राखिएको थियो ।
उनी मुटु सम्बन्धी समस्या लिएर २४ गते अस्पताल भर्ना भएकी थिइन् ।

खबर एक्सप्रेस