आज:  | Wed, 27, Mar, 2024

बाँके ट्राफिकले एक महिनामा २७ लाख जस्व संकलन

२०८०, ५ बैशाख मंगलवार २३:०२ मा प्रकाशित ( ११ महिना अघि) २०७८ पाठक संख्या

नेपालगञ्ज सम्बाददाता । जिल्ला ट्राफिक कार्यालय बाँकेले एक महिनामा २७ लाख ७८ हजार बढि राजस्व संकलन गरेको छ ।
गत चैत महिनामा जिल्ला ट्राफिक कार्यालयले २७ लाख ७८ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख तिलक सुनारले जानकारी दिए । ‘बाँकेमा गत चैत महिनामा १ सय १५ स्थानमा जनचेतना मुलक कार्यक्रम सञ्चालन गरेका थियौं,’ उनले भने, ‘१४ स्थानमा होर्डिङबोर्डहरु समेत राखिएको छ ।’चैत महिनाको विभिन्न समयमा मापासे कक्षामा २ सय ८ जना सहभागि रहेका थिए भने चैत महिनामा ७ जना दुर्घटना भएपनि मुत्यु भने शुन्य रहेको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख तिलक सुनारले जानकारी दिए ।

खबर एक्सप्रेस