आज:  | Fri, 19, Apr, 2024

नेपालगन्ज फोटो फेस्टिबल सुरु

२०८०, ८ बैशाख शुक्रबार २०:२६ मा प्रकाशित ( १२ महिना अघि) २४५० पाठक संख्या

अन्तरालको आयोजना र व्यवस्थापनमा नेपालगन्जको होटेल बाटिकामा तेस्रो नेपालगन्ज फोटो फेस्टिबल सुरु भएको छ । फोटो फेस्टिबलको नेपाली काँग्रेसका सहमहामन्त्री एवम् बाँके क्षेत्र ३ का सङ्घीय सांसद किशोर राठौरले वर्ष फोटो घोषणा गरी त्यही तस्बिरको फोटो खिची उद्घाटन गरेका हुन् । बागेश्वरी असल शासन क्लब, नेपालगन्ज ग्यालरीर रक्षक सेक्युरिटिजको सहकार्यमा भएको फोटो फेस्टिबल वैशाख ८ शुक्रवार देखी र ९ गते शनिवार सम्म २ दिन चल्नेछ ।

सहमहामन्त्री राठौरले फोटो फेस्टिवल नेपालगन्जमा आयोजना गरिनु खुसीको कुराको भएको बताउँदै साबिक मध्य र सुदूर पश्चिम क्षेत्र विकासका दृष्टिले पछि परेकोले यस्ता कार्यक्रमले यस क्षेत्रको विकासमा सहयोग गर्ने बताए । देशको विकास गर्ने कुरामा यस्ता कार्यक्रम नेपालगन्जमा आवश्यक रहेको बताउँदै राठौरले बाँके र बर्दियाको विकासमा आफूले इमानदार भएर काम गर्ने बताए ।

नेपालगन्ज फोटो फेस्टिबलमा फोटो प्रतियोगिताको आठ विधामा आएका मध्ये ११५ उत्कृष्ट फोटाहरू भने नेपालगन्ज ग्यालरीमा प्राप्त बाकेका एक से एक फोटोहरू प्रदर्शनीमा राखिएका छन् । फोटो प्रतियोगितामा डेली लाइफ, कल्चर, टुरिजम, नेचर एन्ड कन्जरभेसन, स्र्पोट्स, नेपाल स्माईल, एग्रीकल्चर र न्युज विधामा करिब २ हजार फोटोहरूको सहभागिता रहेको थियो ।
एग्रीकल्चर विधामा आएको राजबहादुर शाहीले खिचेको मुगुको छायानाथ रारा नगरपालिका स्थित ताल्चा गाउकी एक महिला रुखमा लटरम्म फलेको स्याउ टिप्दै गरेको तस्बिरले फोटो अफ दि एअरको उपाधि जित्यो भने न्युज विधामा मोतीबिन्दुको अपरेसन गरेर पाँच बर्सपछि पुन आँखा देख्न पाएका रामेछाप भतौलिका ८० वर्षीय रुद्रलाल तामाङ डा सन्दुक रुइतको नाक छोएको अंगद ढकालले खिचेको फोटो उत्कृष्ट भयो । यस्तै ढकालले नै खिचेको फोटो नेपाल स्माईलमा उत्कृष्ट हुँदा शाहीले खिचेको मुगुमा जोत्दै गरेको किसानको फोटो कृषि विधातर्फ उत्कृष्ट हुन सफल भयो ।
यसै गरी बब साईको पोखरामा बराहा भैरव नाचको तस्बिरले कल्चर विधामा उत्कृष्ट हुँदा मकवानपुरको हेटौडामा पाडोलाई झोलुङ्गे पुल तराउँदै गरेको मनोज पौडेलको तस्बिर डेली लाइफमा उत्कृष्ट भयो । नेचर एन्ड कन्र्जरभेसनमा श्रीराम खत्रीको काठमाडौँको टौदहमा पानीबाट माछा मार्दै ग्रेट कर्मोरान्टहरू तस्बिर उत्कृष्ट भयो भने क्रिकेटमा क्याच लिन प्रयास गर्दैैै गरेको सत्य म जोशीको तस्बिर स्र्पोट्स विधामा उत्कृष्ट भयो । टुरिजम विधामा भने सिर्जना ओलीको तस्बिर उत्कृष्ट भयो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा वरिष्ठ फोटो पत्रकार विकास कार्की, फोटो पत्रकार क्लबका अध्यक्ष श्रुति श्रेष्ठ र वरिष्ठ फोटोग्राफर रमेश मल्ल रहेको निर्णायक समितिले उत्कृष्ट फोटोहरूको छनौट गरेको थियो । मोफसलमा क्षेत्रीय स्तरमा सुरुवात भएको फोटो फेस्टिवल राष्ट्रिय स्तरमा स्थापित भएकोमा खुसी व्यक्त गर्दै नेपालको प्रवर्द्धन गर्ने फोटोहरूलाई मात्र नभएर फोटोग्राफरहरूलाई पनि फोटोसँगै प्रवर्द्धन गर्नुपर्ने र फेस्टिबलले नेपालको फोटोग्राफीको प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा वरिष्ठ फोटो पत्रकार विकास कार्कीले बताउनु भयो ।
८ विधामा फोटो प्रतियोगिता आयोजना गरिएको अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताउनु भयो । प्रत्येक बिधाको उत्कृष्ट फोटोलाई नगद ५ हजार र प्रतियोगिताको सर्वोकृष्ट फोटोलाई नगद २५ हजार ५ सय पचपन्न रुपैयाँ पुरस्कार समापनको दिन प्रदान गरिने पनि शाहले बताउनु भयो ।

खबर एक्सप्रेस