आज:  | Fri, 19, Apr, 2024

‘पुष्पाः द रुल’ प्रर्दशन अघि नै २ सय ७५ करोडको कमाई

२०८०, ८ बैशाख शुक्रबार २०:५४ मा प्रकाशित ( १२ महिना अघि) २८२२ पाठक संख्या

फिल्म ‘पुष्पा’को सफलता पछि अब ‘पुष्पा’को सिक्वेल ‘पुष्पाः द रुल’ निर्माण भैसकेको छ भने फिल्मको टिजर पनि सार्वजनिक भइसकेको छ ।
फिल्मको टीजर र ट्रेलर रिलिज अघि नै फिल्मले २ सय ७५ करोड रुपैंयाँ कमाई सकेको छ । फिल्मको हिन्दी भर्सनलाई निर्माताले २ सय करोडमा बेचेका छन् । फिल्मको अडियो राइट्स पनि ७५ करोडमा बेचेका छन् । निर्माताले अल्लू अर्जुनको प्रमुख भूमिकामा अभिनय रहने फिल्मले यसपटक २ हजार करोडको व्यापार गर्ने दाबी गरेका छन् ।
रश्मिका मन्दानाको समेत अभिनय रहेको फिल्म सन् २०२४ को अप्रिलमा रिलिज हुने तयारीमा छ ।

खबर एक्सप्रेस