गणेश तिवारी । बाग्मती सफाई महाअभियानको ५२०औं हप्ता काठमाडौंको आलोकनगर बाग्मती किनार वारीपारी सफाई गरी सम्पन्न भएको छ ।
आज बाग्मती नदीबाट करिब पाँच टन फोहर निकालि ब्यबस्थापन गरिएको अभियन्ता माला खरेलले बताउनु भयो । कार्यक्रममा मुख्य अभियन्ता लिलामणी पौठयालले अभियानलाई निरन्र संचालनमा ल्याउनु नागरीकमा जनचेतना जगाउन सक्नु यसको सफलता भएको बताउनु भयो ।
बाग्मती सफाई महाअभियान वि.सं २०७० जेठ ५ गते “राष्ट्रका नाममा हप्तामा दुई घण्टा स्वयंसेवा” भन्ने नाराका साथ शुरुवात भएको अभियान निरन्तर संचालनमा रहदै आएको छ । यो अभियान संचालन भएदेखी हालसम्म करिब १५ लाखको जनसहभागीता रहेको छ । भने बाग्मती लगायत सहायक नदीहरुबाट करिब २० हजार मेटिक टन फोहर निकालेर ब्यबस्थापन गरिसकेको स्थिती छ ।
बाग्मती सफाई महाअभियान वि।सं २०७० जेठ ५ गते “राष्ट्रका नाममा हप्तामा दुई घण्टा स्वयंसेवा” भन्ने नाराका साथ शुरुवात भएको अभियान निरन्तर संचालनमा रहदै आएको छ । यो अभियान संचालन भएदेखी हालसम्म करिब १५ लाखको जनसहभागीता रहेको छ । भने बाग्मती लगायत सहायक नदीहरुबाट करिब २० हजार मेटिक टन फोहर निकालेर ब्यबस्थापन गरिसकेको स्थिती छ ।