आज:  | Tue, 30, May, 2023

डब्ल्यूएचओको कोभिड सङ्कटकाल अन्त्यको घोषणा

२०८०, २२ बैशाख शुक्रबार २३:४१ मा प्रकाशित ( ३ हफ्ता अघि) ४३५ पाठक संख्या

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभिड–१९ को महामारी अब अन्तर्राष्ट्रिय सरोकारको सार्वजनिक स्वास्थ्य आपतकालीन अवस्था (पीएचईआईसी) नरहेको बताएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससले जेनेभाबाट भर्चुअल पत्रकार सम्मेलनमा उक्त घोषणा गरेका हुन् । डब्ल्यूएचओले पहिलो पटक जनवरी ३०, २०२० मा कोभिड–१९ लाई उच्च स्तरको ‘कोभिड सङ्कटकाल’ घोषणा गरेको थियो । त्यसयता विश्वव्यापी स्वास्थ्य विशेषज्ञहरूको एक समितिले हरेक तीन महिनामा हुने बैठकहरूमा सावधानीको चेतावनी जारी गर्दै आएको छ ।

कोरोना भाइरस विश्वव्यापी रुपमा फैलिरहेको समय सन् २०२० को मार्चमा डब्लुएचओले कोभिड–१९ लाई महामारीको रूपमा घोषणा गरेको थियो । कोभिड–१९ बाट विश्वभर कम्तीमा ७० लाख मानिसको मृत्यु भएको डब्ल्यूएचओको तथ्याङ्कमा उल्लेख छ ।

खबर एक्सप्रेस