आज:  | Thu, 18, Apr, 2024

टुकुचाको संरचनाको लगत कट्टा गर्न माग गर्दै मन्त्रालयलाई महानगरको पत्र

२०८०, २५ बैशाख सोमबार २१:०३ मा प्रकाशित ( ११ महिना अघि) १३०३ पाठक संख्या

काठमाडौं महानगरपालिकाले टुकुचा खोलामाथि बनाइएका संरचनाको लगत कट्टा गर्न माग गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र मन्त्रालयलाई पत्र पठाएको छ। टुकुचा खोलाभित्रको जग्गा व्यक्ति विशेषको नाममा दर्ता कायम रहन नसक्ने बताउँदै महानगरले लगत कट्टा गर्न मन्त्रालयलाई पत्र लेखेको हो।

मालपोत ऐन, २०३४ को दफा २ ले नदी, खोलानाला तथा सोको क्षेत्राधिकारको जग्गालाई सरकारीरसार्वजनिक जग्गा मानेको छ । सोही ऐनको दफा २४ ९२० ले सरकारीरसार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता हुन गएको रहेछ भने त्यस्तो दर्ता स्वतः बदर हुने र सम्बन्धित मालपोत कार्यालय वा नेपाल सरकारले तोकेको अधिकारीले सोको लगत कट्टा गर्नुपर्ने व्यवस्था गरेको पत्रमा उल्लेख छ।

खबर एक्सप्रेस