आज:  | Fri, 29, Mar, 2024

भ्रष्टाचारमा कहाँनेर लिङ्ग जोडिएको हुन्छ : सांसद डा. तोसिमा कार्की

२०८०, २६ बैशाख मंगलवार २१:०८ मा प्रकाशित ( १0 महिना अघि) १३०३ पाठक संख्या

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले भ्रष्टाचारमा कहाँनेर लिङ्ग जोडिएको हुन्छ । भन्दै नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवालाई लक्षित गर्दै संसदमा प्रश्न गरेकी छन् । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै तोसिमाले नक्कली शरणार्थी प्रकरणमा सार्वजनिक ‘टेप काण्ड’ को अनुसन्धान गर्न माग गर्दै भ्रष्टाचारमा कहाँनेर लिङ्ग जोडिएको हुन्छ ? भन्ने प्रश्न गरेकी छन् । उनले भनिन् (एक माननीय महिला सांसदले भन्नुभयो) टेप काण्डको अनुसन्धान माग गर्दा महिलाविरोधी भयो, महिला हिंसा भयो । मलाई उत्तर दिनपर्यो ? भ्रष्टाचारमा कहाँ नेर लिङ्ग जोडिएको हुन्छ ?

यसअघि, कांग्रेसकी सांसद आरजुले आइतबारको प्रतिनिधिसभा बैठकमा भ्रष्टाचारका विषयमा आफ्नो नाम जोडिएकोप्रति आपत्ति जनाउदै आफूले कुनै गल्ती नगरेकाले नडराउने बताएकी थिइन् । उनले महिलाले आफ्नो हैसियतमा राजनीति गरेको यो देशमा सह्य नभएको बताउदै जति विरोध गरे पनि गल्ति नगरेकोले नडराउने बताएकी थिइन् ।

खबर एक्सप्रेस