आज:  | Tue, 30, May, 2023

आदिपुरुषको’ ट्रेलर मंगलबार सार्वजनिक

२०८०, २६ बैशाख मंगलवार २१:११ मा प्रकाशित ( २ हफ्ता अघि) २८० पाठक संख्या

काठमाडौं । ब्लकबस्टर ‘तानाजी । द अनसंग वारियर’पछि निर्देशक ओम राउत अर्को महाकाव्य ‘आदिपुरुष’ लिएर आएका छन् । ट्रेलर मंगलबार सार्वजनिक भएको छ । टिजरभन्दा धेरै विश्वसनीय लाग्ने यो ट्रेलर सशक्त लाग्छ । टिजरमा भीएफएक्स र सैफअली खानको रावण लुक्सलाई अस्वीकार गरेका दर्शकले ट्रेलरलाई भने सकारात्मक प्रतिक्रिया दिएका छन् । तीन मिनेटभन्दा लामो यो ट्रेलरमा राघवको भूमिकामा प्रभास, जानकीको भूमिकामा कृति सेनन, लक्ष्मणको चरित्रमा सन्नी सिंह र लंकेशको भूमिकामा सैफअली खान छन् । हिन्दू धर्मग्रन्थ रामायणमा आधारित यो फिल्मको ट्रेलरको सुरुमा हनुमानले रामबारे बताउँछन् । कसरी राम यो फिल्म असार १ गतेबाट प्रदर्शनमा आउदै छ ।

खबर एक्सप्रेस