आज:  | Fri, 22, Mar, 2024

भ्वाइस किड्सको ग्राण्ड फिनाले शुक्रबार हुँदै

२०८०, ३ जेष्ठ बुधबार २०:४७ मा प्रकाशित ( १0 महिना अघि) १४८९ पाठक संख्या

काठमाडौं । टेलिभिजन रियालिटी शो भ्वाइस किड्सको ग्राण्ड फिनाले शुक्रबार हुँदैछ । उपाधिका लागि चार जना फाइनलिस्टले प्रतिस्पर्धा गर्दैछन् । दर्शकले फिनालेको दिन बेलुकासम्म आफूलाई मनपर्ने प्रतिस्पर्धीलाई भोट गर्न सक्नेछन् । चार जना कोचबाट दुईदुई गरी आठ जनाले फिनालेमा प्रतिस्पर्धा गर्नेछन् । जसमा टिम प्रविशा अधिकारीबाट अग्रिमा रिजाल र अर्नव बन तथा टिम प्रमोद खरेलबाट स्पन्दन सुब्बा र रिजन डाँगीले प्रतिस्पर्धा गर्नेछन् । टिम मिलन नेवारबाट सृष्टि लामा र निशित बिके तथा टिम सुशान्त केसीबाट निहारिका खड्का र परिश्ना बाँस्तोलाले फिनालेमा प्रतिस्पर्धा गर्नेछन् ।

खबर एक्सप्रेस