आज:  | Tue, 16, Apr, 2024

बाग्मती सफार्य अभियान सकारात्मक परिणाम निकाल्ने अभियान : ज्ञानेन्द्र शाही

२०८०, ६ जेष्ठ शनिबार १३:०० मा प्रकाशित ( ११ महिना अघि) १४८९ पाठक संख्या

काठमाडौँ । बि.स. २०७० जेठ ५ गते ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु वाग्मती सफाइ महाअभियानको आज ११ बर्ष प्रवेश गरेको छ । आजको अभियानमा सांसद ज्ञानेन्द्र शाहीको उपस्थितीमा अभियानसँगै काठमाडौंको आलोकनगरको बाग्मती किनारामा बृक्षारोपण गरी अभियान सम्पन्न भएको छ । अभियानमा बोल्दै सांसद शाहीले आजभन्दा १० बर्ष अघि यो बाग्मती सफाई हुदा के सम्भव होला भन्ने थियो । आफू पनि त्यो समयमा सहभागी भएको र अहिले आएर नदी किनारामा रुखबिरुवा पार्क रेष्टुरेन्ट खोलेको देखर गरे के नहुदो रहेछ भन्ने महशुस भएको बताए । गरे के हुदैन आज नदी किनारामा यसरी रुखबिरुवा हुर्नेका छन् । यही हो परिणाम सकारात्मक बन्न सके परिणाम आउने कार्य बाग्मती सफाई अभियानले देखाएको बताउदै यो अभियान १० बर्ष पुरा गरी ११ बर्ष प्रवेश गरेकोमा सबै अभियन्तालाई बधाई समेत दिएका थिए । उनले एवोकाडो रोप्ने मौका पाएकोमा खुशी ब्यतिm गरे । आजैको अभियानमा नदी किनारमा फोहर फाल्नेलाई स्थलगत रुप मै कार्बाही गरिएको छ । काठमाडौँ महानगरपालिकाले सफाइमा प्रहरी परिचालन गरी दोषीलाई कारबाही गर्ने अभियानको थालनी भएको समेत बताईएको छ ।

बिगत १० बर्षदेखी महाअभियान संचालन भएपनि अझै नागरीकले नदीमा जथाभावी फोहोर फाल्दै आएकोले नदीलाइै सोचे जति सफा हुन नसकेको अभियन्ताहरुले बताएका छन् । यो कार्यलाइै रोक्नका लागी रसिदसहित नगर प्रहरी र कर्मचारी पठाइ सहयोग गरिदिन महानगर प्रमुख शाहसँग अनुरोध गरेका थिए । सफाइ महाअभियानले काठमाडौँ उपत्यकाका दुवै महानगरपालिका र सबै नगरपालिकालाई दिगो फोहर व्यवस्थापनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आएको छ । विसं २०७० जेठ ५ देखि सुरु भएको वाग्मती सफाइ महाअभियान प्रत्येक शनिबार बिहान दुईघण्टा सञ्चालन हुने गरेको छ ।

 

खबर एक्सप्रेस