आज:  | Mon, 29, May, 2023

सुदूरपश्चिम मन्त्रिपरिषद विस्तार

२०८०, ६ जेष्ठ शनिबार २१:३९ मा प्रकाशित ( १ हफ्ता अघि) ६३ पाठक संख्या

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले शनिबार मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री नियुक्त भएको सय दिनपछि तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन । अझै पनि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय खाली छ। नवनियुक्त मन्त्रीले प्रदेश प्रमुख देवराज जोशीसमक्ष शनिबार नै पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
नवनियुक्त मन्त्रीमा नेपाली कांग्रेसका बझाङबाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, नेकपा (माओवादी केन्द्र) का अछामबाट निर्वाचित झपटबहादुर साउद सामाजिक विकासमन्त्री र कैलालीबाट निर्वाचित माओवादीकै रमेशसिंह धामी उद्योग, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी दिइएको छ। माओवादीबाटै डडेलधुराकी समानुपातिक प्रदेश सभा सदस्य गीतादेवी माललाई उद्योग, वन तथा वातावरण राज्यमन्त्री नियुक्त भएका हुन ।

 

खबर एक्सप्रेस