आज:  | Fri, 29, Mar, 2024

एमालेको भुसुनो बिष्णु रिमाल भन्दै जवाफ फर्काए हर्क साम्पाङले

२०८०, ७ जेष्ठ आईतवार १२:०० मा प्रकाशित ( १0 महिना अघि) १७०६ पाठक संख्या

एमालेका उपमहासचिव तथा एमाले प्रचार विभाग प्रमुख विष्णु रिमाललाई धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ राई कडा जवाफ फर्काएका छन् । रिमालले शनिबार अखिल नेपाल महिला सङ्घ अनेमसंघको दोस्रो पूर्ण बैठकमा धरानका प्रमुख हर्क साम्पाङलाई ‘बौलाहा मेयर’ भनेका थिए । उनले सम्बोधनका क्रममा धरानका बौलाहा टाइपका मेयरको सामाजिक सञ्जालमा हजारौँ लाईक आएको तर केपी ओलीको सामाजिक सञ्जालमा लाइक कम आएको भन्दै उनले कार्यकर्तासमक्ष असन्तुष्टि पोखेका थिए । यो कुरा थाह पाएपछि धरानका मेयर साम्पासाम्पाङले रिमाललाई लक्षित गर्दै एमालेको भुसुनोको भन्दै जवाफ फर्काएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् एमालेको एउटा भुसुनोले मुखबाट गोबर उकेलेछ। अब आउने चुनावमा यसलाई जनताले देखाइदिनेछन्।

खबर एक्सप्रेस