✍️✍️
वाग्द्वार उद्गम स्थलमा जन्म भई
मूल फुट्दै फुट्दै पबित्र गंगा
वाग्मती नाम संस्करण पाएर
न्वारनको नामले प्रशिद्ध तिमी वाग्मती !!
नाम फेरिएन कर्म रूप फेरिदै आयो
एक अंजुली पानीले घाँटी भिजाउन पाँउदा
लाग्थ्यो अमृत पिएझैं
स-शरीर रसिलो बनाउन पाउदा आँखा खुल्थ्यो
आजका पिढिंले दन्त्य कथा भनेझैं गर्छन
त्यो दिनकी वाग्मती
र आज कि आजकी वाग्मती
कतै भ्रममा त छैन म ?
** **
वाग्मतीका किनारमा बालुवाको घर बनाउदैं खेल्ने हामी
संङ-साथेले माछा मारेर आलु सिला खोज्दै बन भात पकाएर खाने हामि
चाँदी जस्तो बालुवा छेवैमा बगेकी वाग्मती
आज तिमी कहाँ गयौ ? ?
गाईबस्तु बाग्मतीमा नुहाउदै पानी पिएर डुक्राउथे
ती गोठाला बाउसे नुवाई धुवाई गर्दै
पानीलाई नै ऐना बनाएर
कोरिबाटी जुल्फी मिलाउदै खर्पन डोको सजाउथे
सारस पौडिदैं माछाका मुठो बुझो हाल्दै पखेटा फिजाउथे उड्थे
हिँउदमा जल शयर गर्दै मिन पचासको छुट्टिमा केटाकेटी दिनैभरी
वाग्मतीको फाँटमा हराउथे,पौडिन्थे
तीनै केटाकेटिको बिचमा रिबन हल्लाउदैं उफ्रने एउटी चुलबुले नक्कली
म पनि त हुँ
आज वाग्मतीको यो रूप रंग हेरेर भाबुक हुने अभागिमा उहीँ नक्कली साक्षी छु
*****
वाग्मतीलाई कसले यस्तो बनायो ? ?
ढाँचा स्वरूप पुरै परिवर्तन गरायो
आलु कोभी फल्ने गाईबस्तु सुस्ताउने ठाँउमा
घरै घर फले ढलको बिस्कुन आँगनमा फिंजाए
हप्तामा तीन चोटी पानीको रंग फेरिन्छ
वाग्मतीको किनारमा बसेर रुन मन लाग्छ
** **
सबै पढेर बिद्ध्वान भए छन
डा.भनेर पदबी गुथेछन
वाग्मतीको पानी खाएर डिग्री लिने भएछन
डिग्री बोकेर फर्किदा
वाग्मतीमा शौचालय बनाउने बुद्धी बटुलेछन..
त्यही वाग्मती बिष्णुमतीले कस्तो मती दिए खै ?
खुला राजनिती प्रतिस्पर्धामा ल्याए छन
बाग्मती बिष्णुमती नदिको बिषय बस्तुमा दिनहुँ बैठक राखेर ढल मिसाउने कुरामा बोर्डले घुस खादै बैठक पास गरेछन
** **
हर हर वाग्मती हरहर बिष्णुमतीको गाथा यिनले के बुझुन ?
सम्पदाका नाममा बिक्री बितरण मात्र बुझेछन
भोलिको पिढिंलाई नदिको फोटो
किताबमा नदी बग्ने ठाँउमा खोल्सा
बुख्याँचाको नर्कट गाड्ने गरी शिक्षा पद्धती बनाउदैंछन
नयाँ पिंढिले सोधे भने नदीको पानीको परिभाषा के भन्दा ?
सिसाको गिलासमा दुईचम्चा मिनरल वाटर राखेर देखाउछन
त्यतिले नपुगे ढल फोहर फ्याल्ने ठाउँलाई स्वच्छ सफा सुन्दर वाग्मती भनेर स्थलगत निरिक्षण गराउछन
** **
हरहर बाग्मतीको गाथा कसरी गाउँ म
वाग्मतीको पुरानो स्वरूप फर्काउने कुन धन्दा गरुँ म??
वाग्मती सफा राख्न कुन आब्भान प्रयत्न साधु म ????
हर हर वाग्मती घर घर वाग्मतीको गाथा
जप्ने स्वच्छ मन पबित्र उद्घोष कसरी छरु म??
“जय वाग्मती”
प्रमिला पौडयाल् – बाग्मति सफाई अभियन्ता