आज:  | Mon, 15, Apr, 2024

पूर्वराजाको धनगढी सम्बोधन

२०८०, ८ जेष्ठ सोमबार १९:३० मा प्रकाशित ( १0 महिना अघि) २५१२ पाठक संख्या

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दल र नेतृत्वप्रति कडा प्रहार गर्दै आफ्नो कुरा जनता माझ राख्नुभएको छ ।
सोमबार धनगढीमा भएको कार्यक्रममा बोल्दै पूर्व राजा शाहले के नेपालको अस्तित्व छैन भन्दै नयाँ नेपाल भनेको यहि हो भन्ने प्रश्न गर्दै के अग्रगामी भनेको परावलम्बी नेपाल हो ? के नेपालको आफ्नो अस्तित्व छैन ? हामी वीर परिश्रमी र स्वाभिमानी नेपाली तर आज हाम्रो वीरता र हाम्रो स्वाभिमान हाम्रो श्रम सीप सबैथोक खोसिएको त छैन ?

पूर्व राजा ज्ञानेन्द्रले भुटानी शरणार्थी प्रकरणको प्रसंग समेत उल्लेख गर्दै हुदा हुदा शरणार्थी बनाएर अर्काको देशमा श्रम पसिना बगाउँ पठाएर गरिएको हर्कतले देशको इज्जत, गौरव लोप भएर गएको टिप्पणी गर्नुभएको छ ।
पूर्व राजा ज्ञानेन्द्रको सम्बोधन

खबर एक्सप्रेस