आज:  | Fri, 22, Mar, 2024

सुदनसिंह ठकुरीको परिकल्पनामा नाटक ‘च्यातिएको पर्दा’ मञ्चन

२०८०, ८ जेष्ठ सोमबार २२:२६ मा प्रकाशित ( १0 महिना अघि) २५४३ पाठक संख्या

काठमाडौं । गोविन्दबहादुर मल्ल ‘गोठाले’को चर्चित नाटक ‘च्यातिएको पर्दा’मा आधारित नाटक कालिकास्थान स्थित सर्वनाम नाटकघरमा मञ्चन भइरहेको छ । ल हेर समूहको निर्देशन र सुदनसिंह ठकुरीको परिकल्पनामा यो नाटक जेठ ७ देखि ९ गतेसम्म मञ्चन भैरहेको छ ।

गोठालेले २०१३ सालमा लेखेको यो नाटकले तत्कालीन परिवेशमा एउटा परिवारको परिस्थितिको चित्रण गरेको छ । नाटकका परिकल्पनाकार ठकुरीले भने हामी कहिले जीवनमा हुने रहेछौं र कहिले हामी नाटकमा हुने रहेछौं । नाटक र जीवनबीच झिनो दूरी हुने रहेछ । जीवनले नाटकमा सिकाउने रहेछ र नाटकले जीवनमा सिकाउने रहेछ । लरिशा मगर, संरचना शर्मा, सम्भावी सिवाकोटी, आशिष पौड्याल, प्रयास सापकोटा, प्रतीक पौडेल, सागर न्यौपाने, साकार बुढाथोकी लगायतले नाटकमा अभिनय गरेका छन् ।

खबर एक्सप्रेस