आज:  | Sat, 13, Apr, 2024

भक्तपुर अस्पताल यस वर्ष नेपाल कै सर्वोत्कृष्ट अस्पताल

२०८०, ९ जेष्ठ मंगलवार ०९:०२ मा प्रकाशित ( १0 महिना अघि) १४५८ पाठक संख्या

भक्तपुर अस्पताल यस वर्ष नेपाल कै सर्वोत्कृष्ट अस्पताल बन्न सफल भएको छ । न्यूनतम सेवा मापदण्डमा सेवा प्रवाहको अवस्था मूल्याङ्कनमा भक्तपुर अस्पताल ९७ अंकसहित मुलुककै सर्वोत्कृष्ट अस्पताल बन्न सफल भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयको सरकारी मूल्याङ्कन टोलीले अवलोकन तथा मूल्याङ्कन पछि यो घोषणा गरिएको थियो ।
अस्पतालमा कार्यरत चिकित्सक, नर्स, कर्मचारीहरूको संयुक्त मेहनतको कारण अस्पताल मुलुकको सर्वोत्कृष्ट हुन सकेको भक्तपुर अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डा सुमित्रा गौतमले बताउनु भयो । अस्पतालमा मेहनतका साथ काम गर्ने सबै कर्मचारीलाइ धन्यवाद समेत दिनु भएको छ ।

खबर एक्सप्रेस