आज:  | Fri, 22, Mar, 2024

जुम्लामा असिना पानीले करोडौको क्षति

२०८०, १० जेष्ठ बुधबार ०८:४८ मा प्रकाशित ( १0 महिना अघि) १६१३ पाठक संख्या

जुम्लामा सोमबार बेलुका परेको असिनापानीले स्याउ खेतीमा क्षति पुर्‍याएको छ। सिंजा गाउँपालिकाको जोडु, रुघा, काँडागाउँ, भाडगाउँ, फुङ्ग्र,गोरा र शनिगाउँमा असिनापानीले स्याउ खेतीमा क्षति पुर्‍याएको हो।
सोमबार साँझ ६ बजेतिर असिना परेको असिनाले सिंजा गाउँपालिका ५ र ६ वडामा बढी क्षति पुर्याएको छ। केही स्याउमा स–साना दाना लागिसकेको थियो। केही बिरुवामा चिचिला पलाउँदै थियो ।
असिनापानीले स्याउ खेतीमा क्षति पुर्‍याएपछि किसान चिन्तित बनेका छन्। बुढाको बगैँचामा ५ हजार बोट स्याउले फल दिँदै आएको थियो, यस पटक राम्रो फल लाग्ने उनको आस थियो।
असिनाले फल र पात झारेको छ। बिरुवा नाङ्गै भएका छन्। फल लाग्ने बेला स्याउ बगैँचा रित्तिएको छ। स्याउ मात्र होइन असिनाले यहाँका तरकारी बालीसमेत नष्ट गरेको छ। सबैभन्दा बढी स्याउ खेतीमा नोक्सान भएको छ। स्याउ खेतीमै आश्रित समुदायलाई यस वर्ष पेट पाल्नै धौधौ हुने अवस्था आएको कृषि विज्ञहरू बत्ताउँछन्। असिनापानीले स्याउसँगै आरु, ओखर, खुर्पानी लगायतका सबै फलफूलका बिरुवाको फूल र दाना झारिदएको छ। भित्र्याउनै आँटेको जौं, गहुँ बाली र टुसाएका मकै र आलु बाली पनि नष्ट गरेको छ। किसानले लगाएको आलु, काँक्रो, फर्सी, प्याज, गोलभेडा, काउली, गाँजर र खुर्सानीलगायतमा असिनाले क्षति पुर्‍याएको छ।
जुम्लामा असिना पानीले करिब करोड रुपैयाँ बराबरको तरकारी तथा स्याउमा क्षति पुर्‍याएको छ।

खबर एक्सप्रेस