आज:  | Tue, 30, May, 2023

थापाथलीस्थित पुलको विकल्पमा ज्वागल जोड्ने पुल निर्माण हुने

२०८०, ११ जेष्ठ बिहीबार २१:२२ मा प्रकाशित ( ५ दिन अघि) ९४ पाठक संख्या

काठमाडौँ । काठमाडौ र ललितपुर जोड्ने थापाथलीस्थित पुलको विकल्पमा बागमती नदीमा त्यसको नजिकै काठमाडौँ र ललितपुर जिल्ला जोड्ने पुल निर्माण गरिने भएको छ । थापाथलीस्थित प्रसूति गृह पछाडिबाट ललितपुरको ज्वागल जोड्ने पुल बनाउन अध्ययन अघि बढाउन लागिएको हो ।
ललितपुर र काठमाडौँ दुवै जिल्लाको मौलिकता समेट्ने गरी सुन्दर पुल निर्माणको योजना अघि बढाइएको सडक विभाग पुल महाशाखाले जनाएको छ । सो पुलको आगामी आवमा अध्ययन हुने बताईएको छ । सकेसम्म पुलले त्यस क्षेत्रको परिचय दिने गरी मौलिक खालको ‘सिग्नेचर’ पुल बनाउन लागिएको हो । बागमती पुलमा सवारी चाप बढिरहेकाले त्यसको विकल्पका रुपमा त्यस आसपासको क्षेत्रमा नयाँ पुल निर्माणको आवश्यकता महसुस गरिएको हो । बुद्धनगरमा काठमाडौँ ललितपुर जोड्ने पुल सञ्चालनमा भए पनि त्यसको अवस्था पनि थप सवारीसाधन थेग्न नसक्ने रहेको छ ।

खबर एक्सप्रेस