आज:  | Mon, 29, May, 2023

प्रधानमन्त्रीको भारत भ्रमणमा पेट्रोलियम पाइपलाइन सम्बन्धी सम्झौता गर्ने निर्णय

२०८०, १२ जेष्ठ शुक्रबार २०:४३ मा प्रकाशित ( ३ दिन अघि) ६३ पाठक संख्या

काठमाडौं । मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पेट्रोलियम पाइपलाइन सम्बन्धी सम्झौता गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पेट्रोलियम पाइपलाइन सम्बन्धी सम्झौत गर्ने निर्णय गरेको हो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालका अनुसार इन्धन टर्मिनल ट्यांकी विरगञ्जबाट लोथरभण्डाराको नेपालले बनाउने र उतातिर सिलगुडि चारआलिस भारतले बनाउने निर्णय भएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यहि जेठ १७ गते भारत भ्रमणमा जाने गरी तयारी जारी रहेको छ ।

खबर एक्सप्रेस