आज:  | Tue, 16, Apr, 2024

प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

२०८०, १३ जेष्ठ शनिबार २२:४८ मा प्रकाशित ( १0 महिना अघि) १७०६ पाठक संख्या

काठमाडौं । प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ। शनिबार राति प्रतिनिधिसभाको बैठकबाट राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते पेश गरेको सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । यसअघि आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथि सांसदहरुले सोधेका प्रश्नको जवाफ दिएका थिए । राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरे पछि गत जेठ ७ गतेदेखि छलफल भएको थियो । राष्ट्रियसभाबाट भने नीति तथा कार्यक्रम ९ जेठमा नै पारित भएको थियो ।

खबर एक्सप्रेस