आज:  | Sat, 20, Apr, 2024

वाग्मती सफाइ महाअभियानको ५२३ औं हप्ता

२०८०, १३ जेष्ठ शनिबार २३:१९ मा प्रकाशित ( १0 महिना अघि) १४२७ पाठक संख्या

काठमाडौँ । वाग्मती सफाइ महाअभियानको ५२३ औं हप्ताको अभियान काठमाडौं स्थित बानेश्वर क्पाम्पस आसपासमा नदी किनार सफाई तथा कार्बाही अभियान सहित सम्पन्न भएको छ । बि.स. २०७० जेठ ५ गते ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको अभियान पछिल्लो समय जथाभावी फोहर गर्नेलाई कार्बाही गर्ने अभियानले तिब्रता पाएको छ । नागरिक स्तरबाट नदी सफा गरेर मात्र हुदैन नदी किनारमा जथाभावी फोहर फाल्नेलाई स्थलगत रुप मै कार्बाही गर्न माग हुदै आएको थियो । काठमाडौँ महानगरपालिकाले सफाइमा प्रहरी परिचालन गरी दोषीलाई कारबाही समेत गर्ने गरेको छ । आज करिब १५ हजार बराबर कार्बाही गरिएको थियो ।

बिगत १० बर्षदेखी महाअभियान संचालन भएपनि अझै नागरीकले नदीमा जथाभावी फोहोर फाल्दै आएकोले नदीलाइै सोचे जति सफा हुन नसकेको अभियन्ताहरुले बताएका छन् । केही समय अघि मात्र कार्बाहीको लागी नगर प्रहरी र कर्मचारी पठाइ सहयोग गरिदिन महानगर प्रमुख शाहसँग अनुरोध गरिएकोमा बिगत केही हप्तादेखी यो अभियान पनि संचालन गरिएको छ ।

खबर एक्सप्रेस