आज:  | Tue, 26, Sep, 2023

असार ६ बाट नेपाल एयरलाइन्स सिड्नी उड्ने तयारी

२०८०, १४ जेष्ठ आईतवार १०:०६ मा प्रकाशित ( ४ महिना अघि) ९९३ पाठक संख्या

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय (स्लट) पाएको छ। सिड्नी विमानस्थलले निगमलाई सातामा दुई उडानका लागि अनुमति र स्लट दिएको हो। बिहीबार र शनिबारका लागि स्लट पाएको छ ।
विमानस्थलबाट उडानका लागि अनुमति पाएसँगै निगमले अष्ट्रेलियाली नागरिक उड्डयनसँग उडान अनुमतिका लागि आवश्यक कागजात बुझाएको छ। निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेका अनुसार निगमको जहाज तत्काललाई सिङ्गापुरमा ‘टेक्निकल अवतरण’ गरेर सिड्नी उड्नेछ।
आगामी असार ६ गते २१ जुनलाई लक्षित गरेर उडानका अन्य प्रकृया थालिएको छ । वाइडबडी ‘ए’ ३३० जहाजबाट अष्ट्रेलियाको सिड्नीमा सिधा उडानको तयारी गरेको छ।

खबर एक्सप्रेस