आज:  | Tue, 26, Sep, 2023

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको घोषणा असोजमा सुर्खेतमा आयोजना हुने

२०८०, २२ जेष्ठ सोमबार २३:४७ मा प्रकाशित ( ३ महिना अघि) २४५० पाठक संख्या

कर्णाली प्रदेशको समग्र पर्यटन बिकास र चलचित्र बिकासका लागी कर्णालीमा पहिलो पटक “कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव” आयोजना गरिने भएको छ । कर्णाली प्रदेशको सुर्खेतमा आगामी असोज ४ गतेदेखी ६ गतेसम्म संचालन हुनेछ । सो महोत्सवको आज चलचित्र बिकास बोर्डको हलमा एक कार्यक्रमका बिच प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीको प्रमुख आतिथ्यमा महोत्सवको लोगो अनावरण सहित औपचारीक घोषणा गरिएको छ । समारोहका वरिष्ठ अभिनेता शिव श्रेष्ठ पूर्व मन्त्री कुन्ति कुमारी शाही मध्यपश्चिम बिश्व बिद्यालयका पूर्व रजिष्टार डा। महेन्द्र कुमार मल्ल यूवा कमेडियन हिमेश पन्त निर्मात्री रज्जु प्रधानको समेत सहभागीतामा महोत्सवको लोगो अनावरण गरिएको थियो । सरकारको “नेपाल घुमौ नेपाल चिनौं” अभियानलाई समेत प्रभावकारी रुपमा कर्णाली प्रदेशमा कार्यान्वयन गर्न कर्णाली प्रदेशमा चलचित्र बिकास र चलचित्र पर्यटनको प्रबद्र्धन गर्न यो महोत्सवको आयोजना गरिएको महोत्सव निर्देशक चक्र  चन्दले बताय । कार्यक्रमा बोल्दै सांसद शाहीले कर्णालीलाई यो महोत्सव मार्फत संसारभर चिनाउने गरी चलचित्रको छायांकनको प्रचुर संभावना भएको कर्णाली क्षेत्रलाई प्रतिनिधित्व हुने गरी यो महोत्सव आयोजना गर्न आफूले भरपुर सहयोग गर्ने बताय । कर्णाली नेपाली भाषाको उदगम थलो भएकोले यहाँका कथा, कला, रितिरिवाज, भेषभुषा, परम्परा र भाषासंस्कृतीलाई संरक्षण र प्रबद्र्धन गर्न तथा पर्यटन बिकासमा योगदान दिनका लागी आयोजकले मेहनत गरी कर्णालीमा पहिलो पटक “कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव” आयोजना गर्नेमा आफू विश्स्त भएको भन्दै सफलताको शुभकामना दिए । यत्रो कार्यक्रम आयोजना गर्दा किन चलचित्र बिकास बोर्डको अध्यक्ष अनुपस्थित भन्दै प्रश्न समेत गरे । अव कर्णालीलाई कोही कसैले हेप्न पाउदैन भन्दै अब चलचित्र बिकासका लागी संसदमा गहन भूमिका निर्बाह गर्ने मात्र हैन कर्णालीमा चलचित्र छायांकनका लागी जादा सडकको स्तरोन्नतीका लागी आफू लागी पर्ने समेत बताय ।
बिदेशी फिल्मले नेपाली फिल्मलाई बिस्तापित गर्ने गरेको भन्दै यो बर्ष मात्र बिदेशी फिल्मले ९० करोड रुपैया देश बाहिर लिएको भन्दै अब यो बारे समेत सोच्नु पर्ने राज्यले कर बढाउनु पर्ने भन्दै आफ्नो बिचार राखेका थिए । महोत्सवका निर्देशक चक्रबहादुर चन्दले आगामी असोज ४, ५ र ६ गते हुने महोत्सवले स्थानीय कला र संस्कृतिलाई प्रवद्र्धन गर्ने बताए । प्रदेशलाई चिनाउने र छायाङ्कनको गन्तव्य बनाउने हाम्रो उदेश्य हो यसका लागी सहकार्य समेत गरिने बताए । सिनेमाको माध्यमले कर्णालीको पर्यटनलाई प्रवद्र्धन गर्ने भन्दै यो कुनै बजारको सस्तो अवार्ड जस्तो नहुने यो फरक किसिमको महोत्सव बनाउने योजनामा आफनो टिम लागी परेको बताए । यसले चलचित्र लेखन यहाँका कथा छायाङ्कन स्थलको बिकास सहित समग्र चलचित्रको बिकासका लागी यो महोत्सव महत्वपूर्ण हुने बताए । कार्यक्रममा पूर्र्व मन्त्री शाहीले कर्णालीमा अब चलचित्र बिकासको ढोका खौलने भन्दै नेपाली चलचित्रको गतिबिधी सुचना र यसको पहुँच बिशेष गरी काठमाडौं आसपास क्षेत्रमा बढी केन्द्रित भैरहेको अवस्थामा यसको नेपाली चलचित्रको बिकास र बिस्तारमा बिशेष गरी नेपालको पश्चिम क्षेत्र कर्णाली निकै पछाडी रहेको बताउदै यस क्षेत्रमा चलचित्रका गतिबिधी प्राय शुन्य रहेका छन् तर यहाँका कथा, कला, रितिरिवाज, भेषभुषा, परम्परा र भाषासंस्कृती र छायांकन स्थलका लागी भने प्रचुर सम्भावना रहेका छन् । अब यसको बिकासमा लाग्न महोत्सव” को आयोजक समितिर्ला अपील गर्दै आफूले नजिक रहेर सहयोग गर्ने बताईन । कार्यक्रममा दर्शन नेपाल क्रियशन प्रालि र बर्षाज फिल्म वक्र्स सिक्किमको ब्यानरमा निर्माण भएको लागु औषध बिरुद्धको शिक्षामूलक सारथी को महोत्सवमा प्रिमियर हुने घोषणा समेत गरियो । सो फिल्मलाई प्रेमगीत फ्रेम्डका लेखक निर्देशक रामशरण पाठकले निर्देशन गरेका छन् भने मिलन सिलवाल र अम्बिका सिलवाल यसका निर्माता हुन । कार्यक्रम पूवै रजिष्टार मल्लले कर्णाली चलचित्र र पर्यटनको अपार सम्भावना भएको क्षेत्र हो हामी यो महोत्सवलाई सफल बनाउन स्थानिय स्तरमा लागी पर्ने बताय । चलचित्रसँग सम्बन्धित सबै संघसंस्थालाई निमन्त्रणा गरिएता पनि औपचारिक कार्यक्रममा अनुपस्थित रहेकोमा सांसद शाही र महोत्सव निर्देशक चन्दले आक्रोस समेत ब्यत गरेका थिए ।

खबर एक्सप्रेस