काठमाडौं । गायिका प्रतिमा केसी र गायक विनय ढुङ्गेलको स्वरमा ‘तिम्रो हात मेरो सिरानी’ बजारमा आएको छ । सिएल शर्माको युटुव च्यानल मार्फत सार्वजनिक गीतको विक्रम चौहानले निर्देशन गरेका हुन् भने लक्ष्मण चौहानले सम्पादन गरेका छन् । लेखक तथा सङ्गितकार सिएल शर्माको सङ्गित रहेको गीतको रोहित घिमिरेको लेखन रहेको छ । म्युजिक एरेञ्ज सञ्जिव बराइलीले गरेका छन् भने किशोर थापाले मिक्सिङ गरेका हुन् ।