आज:  | Wed, 27, Sep, 2023

नेपाल एयरलाइन्सले भैरहवाबाट हङकङमा सिधा उडान गर्ने

२०८०, १४ असार बिहीबार २२:०८ मा प्रकाशित ( २ महिना अघि) १३०३ पाठक संख्या

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भैरहवाबाट हङकङमा सिधा उडान गर्ने भएको छ। काठमाडौँबाट हङकङ सिधा उडान गरिरहेको नेपाल एयरलाइन्सले भैरहवाबाट पनि उडान सञ्चालन गर्न लागेको हो।
प्रसिद्ध लुम्बिनीलाई हवाई मार्ग मार्फत हङकङसँग जोडेर त्यहाँबाट बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले लिएको निगमले जनाएको छ। निगमले भैरहवाबाट भारतको नयाँ दिल्लीमा पनि छिट्टै उडान सञ्चालनको योजना बनाएको छ। भैरहवाबाट हङकङ र नयाँदिल्लीमा उडान सञ्चालनको अन्तिम तयारी भइरहेको छ । अबको १५ दिनभित्र ती दुवै गन्तव्यमा उडान गर्नेगरी टिकट बुकिङ खुला गरिनेछ निगमले बताएको छ । दुबई, दोहालगायत गन्तव्यमा पनि भैरहवाबाट उडान सञ्चालन गर्ने निगमको योजना छ।
निगमले हाल काठमाडौँबाट हङकङमा सातामा दुई उडान गर्दै आएको छ त्यस्तै नयाँदिल्लीमा दैनिक दुई उडान भरिरहेको छ। दुवै गन्तव्यमा भैरहवाबाट कति उडान गर्ने भन्ने अहिले टुङ्गो लागि नसकेको बताईएको छ ।

खबर एक्सप्रेस