आज:  | Wed, 27, Sep, 2023

काठमाडौं महानगरले छात्रवृत्तिका लागि विद्यार्थी छनोट आफै गर्ने

२०८०, १७ असार आईतवार २१:४४ मा प्रकाशित ( २ महिना अघि) १०५५ पाठक संख्या

काठमाडौं महानगरपालिकाले चालु शैक्षिक सत्रदेखि कक्षा ११ मा निजी विद्यालयले दिने छात्रवृत्तिका लागि विद्यार्थी छनोट आफै गर्ने भएको छ ।
मेयर बालेन शाहले महानगरपालिका आफैंले विद्यार्थी छनोटका लागि परीक्षा सञ्चालन गर्ने बताएका छन्। उक्त परीक्षाबाट सामुदायिक विद्यालयमा अध्ययन गरेको, जेहेन्दार, पिछडिएको क्षेत्र, आदिवासी जनजाति, गरिब आदि आधार तयार गरी योग्यताक्रमका आधारमा छात्रवृत्ति पाउने विद्यार्थी छनोट गर्ने बताएका हुन् । यसरी छनोट गरेका विद्यार्थीलाई निजी विद्यालयहरुले छात्रवृत्तिमा पढाउनुपर्नेछ ।

खबर एक्सप्रेस