आज:  | Wed, 27, Sep, 2023

आन्तरिक हवाइ भाडादर घटयो

२०८०, १९ असार मंगलवार २१:५२ मा प्रकाशित ( २ महिना अघि) १०८६ पाठक संख्या

असार २० गतेबाट लागू हुने गरी आन्तरिक हवाइ भाडादर घटेको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रूपैयाँ घटाएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्बन्धित वायुसेवालाई बुधबारदेखि लागू हुने गरी भाडादर घटाउन निर्देशन दिएको छ।

यससँगै काठमाडौं–भद्रपुर भाडा चार सय २० रूपैयाँले घटेको छ। काठमाडौं–भैरहवाको भाडादर हालको भन्दा २८५ रूपैयाँले घटाइएको हो।
काठमाडौंंबाट माउन्टेन फ्लाइट ४८५, भद्रपुर ४२०, विराटनगर ३३५, जनकपुर १८०, भरतपुर १५०, पोखरा २२५, भैरहवा २८५, नेपालगञ्ज ४५५, तुम्लिङटार २६० र सिमराका लागि १२५ रुपैयाँ कम भएको छ ।

खबर एक्सप्रेस