कर्णालीका कुना कन्धरा पुगेर कर्णााली चिनाउने अभियानमा लागीपरेकी यूवा रुकुम पश्चिमकी ‘सिर्जना सिज्जु’ अहिले निकै चर्चामा छिन् । नेपाललाई संसारभर चिनाउने अभियानमा लागीपरेकी सिर्जना हालै यूवा प्रतिभा पुरस्कारबाट सम्मानित समेत भएकि हुन उनले सम्मान पाए लगतै हुम्ला पुगेकी छिन् । उनी हुम्ला पुगेर आफनो सामाजिक संजालमा लेख्दै सम्पूर्ण पालकिालाई अपील गरेकि छिन् ।
उनी लेख्छिन ।
हुम्ला सिमकोट पुग्ने आन्तरिक अथवा बाह्य्य पर्यटकले १\२ दिन घुम्नको लागि कुनै गन्तव्य खोजे भने अथवा उनिहरुको बसाई छोटो समय सम्म मात्र हुम्ला सिमकोटमा छ भने सिमकोट गाउँपालिका भित्र पर्ने पन्चमुखि ट्रेक एकदमै उपयुक्त्त रहेछ्। यदि स्थानियतहले यसमा चासो दिने हो भने थोरै समयमा राम्रो ठाउँमा पुग्ने गन्तव्यमा थुप्रै काम गर्न सकिन्छ्। यो रुटको सबै भन्दा राम्रो अवसर साईकल रेस पनि हुन सक्छ त्यति मात्र नभएर म्याराथुनहरु रेस पनि आयोजना गर्न सकिन्छ । यस रुट्मा एकै ठाउँमा दुईवटा ताल दुधे दह ४२०० मिटर र लडे दह ४६०० मिटरमा अवस्थित छन । लडे दह बाट परपर सम्म लेकदिङ्गा नाम्खाको धेरै जसो भाग देख्न सकिन्छ्। आकाश खुलेको दिन पन्चमुखि हिमालको मनोरम दृश्य अवलोकन गर्न पनि सकिन्छ्। सुन्दर बस्ति बुराउँसे हुँदै गुम्बा हुँदै फुलै फुलको बाटो पर पर सम्म देखिने सिमकोट लाई नियाल्दै हिड्न गजब छ्। लगभग ४२ किलोमिटरको ट्रेक पछि दुईदिन को ट्रेक सकिन्छ्।
अब अन्तिममा मेरो बिचार अथवा सल्लाह सुझाव /
अहिले भएका जति गन्तव्यमा अरु केहि नगरे पनि रोड पुराउन भने जताततैको स्थानिय सरकार माहिर छ्। यो रुटमा रोडको कुनै पनि आवश्यकता छैन बुराँसे बाट अगाडि गाउँ छैन पछिल्लो समय मान्छेहरु पाट्न तिर गोठ लिएर कमै जाने रहेछन, सबै कुरा सोधपुछ र अध्ययन गर्दा रोडको कुनै जरुरि छैन तर रोड पुराउने भन्ने योजना चलिरहेको छ भन्ने सुन्दा एकदमै दुख लाग्यो। दुई चार वटा बाईक र गाडि पुग्दैमा कसरि पर्यापर्यटनमा बिकाश हुन्छ ? भएको प्रकृतिको आकार संरचना किन बिगार्ने । किन खलबल पार्ने यस्तो समयमा , त्यो पनि मानव शुन्य लेकमा । गाउँ गाउँमा बस्ति बस्तिमा हो बाटो पुराउने कालोपत्र गर्ने । रोड बाटो ४ हजार पाँच हजार मिटरको लेकमा होईन । त्यस्लाई जस्तो छ त्यस्तै छोड्ने हो। सकिन्छ ट्रेक रुटमा साईकल रुट मा खर्च गर्ने हो बजेट । मेरो आग्रह छ अझै केहि बिग्रेको छैन रोड नपुराउनु होला किन भन्ने कुराको जवाफ अंझै प्रस्ट रुपमा आउने शुक्रवारको भिडियोमा हेर्नुहोला त्यो रुट कति राम्रो कति साहसिक र अदभुत छ भनेर । सिमकोट बजार बाट यति नजिकै यति राम्रो रुट हुनु भनेको तपाई स्थानियहरुको लागि भाग्यको कुरा हो । अब हामिले पर्यटकिय गन्तव्य ट्रेक रुटहरु बिगार्न दिनु हुँदैन सकेसम्म स्थानियतहलाई सल्लाह सुझाव दिउँ। भन्दै अपील समेत गरेकी छिन् ।