ललित बिष्ट काठमाडौं । वाग्मती सफाइ महाअभियानको ५३०औं हप्ताको अभियान काठमाडौं स्थित कोटेश्वर महादेवस्थान पुल नजिक बाग्मती नदी किनारा आसपास सफाई गरी सम्पन्न भएको छ । बि.स. २०७० जेठ ५ गते ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको अभियानका कारण नदीलाई जोगाउन सकेको साथै यस क्षेत्रमा १० बर्ष अघि हिड्न पनि समस्या थियो । अभियान कै कारण आज नदी किनारामा सर्यौ रेष्ट्रेन्ट खुलेका छन् । हजारौले रोजगारी पाएका छन् र नदी सफा हुदै गएको छ । बिभिन्न पार्कहरु बनेका छन् । बिहान साँझ पार्कमा आउनेको भिड छ । यो सबैकारण बाग्मती नदी सफाईको कारण भएको अभियन्ता डा. माला अरेलले बताउनु भयो ।
बिगत ११ बर्षदेखी महाअभियान संचालन भएपनि नागरीकले लुकिछिपी नदीमा जथाभावी फोहोर फाल्दै आएकोले नदीलाई सोचे जति सफा गर्न नसकेको अभियन्ताहरुको भनाई छ । नदीमा ढलमुक्त बनाउन र सुकुम्बासी बस्ती हटाउन अभियन्ताले माग गर्दै आएका छन् ।