आज:  | Wed, 27, Sep, 2023

काठमाडौं महानगरले विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरु

२०८०, २३ असार शनिबार १३:४६ मा प्रकाशित ( २ महिना अघि) ६५२ पाठक संख्या

३ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरु गरेको छ । संस्थागत विद्यालयले छात्रवृत्ति प्रदान गर्न कञ्जुस्याइँ गर्ने भएकोले महानगरपालिका आफैंले छात्रवृत्तिका लागि प्रक्रिया सुरु गरेको बताएको छ ।
महानगरपालिकाको शिक्षा शाखाले सूचना जारी गरी कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न तयारी थालेको जनाएको छ ।
११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्तिका लागि यही असार २८ गतेदेखि साउन १२ गतेसम्म अनलाइनबाटै आवेदन भर्न सकिनेछ । आवेदन दिए पश्चात परीक्षा साउन २० गते लिईने महानगरले सार्वजनिक गरेको सुचनामा भनिएको छ ।
परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा बहुवैक्ल्पिक वस्तुगत प्रश्न हुनेछन् ।
शिक्षा ऐन २०२८ मा संस्थागत विद्यालयले विद्यालयमा भर्ना भएका कुल विद्यार्थी संख्याको कम्तीमा दश प्रतिशतमा नघट्ने गरी विपन्न, अपाङ्ग, महिला, दलित वा जनजाति विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउनु पर्ने व्यवस्था छ ।

खबर एक्सप्रेस