आज:  | Mon, 29, Apr, 2024

अपर तामाकोशीलाई शतप्रतिशत हकप्रद सेयर

२०८०, २५ असार सोमबार ०८:४८ मा प्रकाशित ( ९ महिना अघि) १११७ पाठक संख्या

काठमाडौ । नेपाल धितोपत्र बोर्डले अपर तामाकोशी हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई १००५ अर्थात् १ बराबर १ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद जारी गर्न अनुमति दिएको हो । हकप्रद सेयर निष्कासनका लागि कम्पनीले नागरिक लगानी कोष र सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।

खबर एक्सप्रेस