आज:  | Wed, 27, Sep, 2023

पल शाह र मलिका महत फेरी एक साथ आउने

२०८०, ५ श्रावण शुक्रबार २२:३६ मा प्रकाशित ( २ महिना अघि) ९३१ पाठक संख्या

काठमाडौँ । दर्शकले रुचाइएका जोडी पल शाह र मलिका महत फेरी एक पटक म्युजिक भिडियोमा साथमा देखिने भएका छन् । फिल्ममा अहिलेसम्म उनीहरुबीच सहकार्य हुन नसकेपनि म्यूजिक भिडियोमा भने उनीहरुले साथमा काम गरेका छन् ।

जेलमुक्त भएपछि पलसँग काम गर्न मलिकाले नचाहेको चर्चा चलिरहेको समयमा यी दुईले फेरि एकसाथ म्यूजिक भिडियोमा काम गरेका छन् । अहिले उनीहरु एक गीतको छायांकनमा व्यस्त छन् । दुवैले एकअर्कासँग पुनः काम गरेको जानकारी गराएका छन् ।‘फूलबुट्टे साडी’ गीतको सफलतापछि यो जोडीलाई दर्शकले अत्यधिक मन पराएका थिए । त्यसपछि म्यूजिक भिडियोमा यो जोडीको ‘डिमान्डेड’ ह्वात्तै बढेको थियो । उनीहरुले निरन्तर म्यूजिक भिडियोमा काम गरिरहँदा पल जेल जानुपर्‍यो ।

म्यूजिक भिडियोमा जोडी रुचाइएपछि पल र मलिकालाई फिल्ममा लिन मेकरहरुबीच हानाथाप नै चलेको थियो । उनीहरुले फिल्म ‘सत्यम्’मा काम गर्ने त निश्चित नै भैसकेको थियो । पछि मलिकाले पढाईका कारण फिल्म छाडिन् र पल पनि जेल चलान भएपछि फिल्म निर्माण हुन सकेन । ‘पर्खी बसेँ २’ फिल्ममा पनि उनीहरुले काम गर्ने मौखिक सहमति भैसकेको थियो । तर, फिल्म नै बनेन । केन्द्र मोशन पिक्चरले पनि पल र मलिकालाई लिएर फिल्म निर्माणको तयारी गरेको थियो । पल जेल गएपछि त्यो फिल्मको निर्माण अन्योल बनेको थियो ।

खबर एक्सप्रेस