आज:  | Wed, 27, Sep, 2023

डन३ बन्ने

२०८०, २३ श्रावण मंगलवार १६:१२ मा प्रकाशित ( १ महिना अघि) ५९० पाठक संख्या

काठमाडौँ । बलिवुडको चर्चित फिल्म डन३ बन्ने भएको छ । डनको फ़्रेन्चाइजी लिएका निर्मातारनिर्देशक फरहान अख्तरले एक टिजर सार्बजनिक गर्दै डन(३ बन्ने औपचारिक घोषणा गरेका हुन् । यसअघि डन २ २०११ मा प्रदर्शन भएको थियो । दोस्रो संस्करण बनेको १२ बर्षपछि अब तेस्रो संस्करण बन्ने निश्चित भएको छ । तर दोस्रो संस्करणमा डन बनेका अभिनेता शाहरुख खान भने डन ३ मा हुने नहुने स्पष्ट रहेको छैन । मिडिया रिपोर्टका अनुसार शाहरुख डन३ मा देखिने छैनन् । शाहरुख यस फिल्ममा नहुने रिपोर्ट आइरहेका बेला सामाजिक सञ्जालमा टिजर सार्बजनिक भएपछि सामाजिक सञ्जालमा डन३ मा शाहरुख हुनुपर्ने माग भइरहेको छ । धेरैजसोले यस फिल्ममा शाहरुख नभए फिल्म फ्लप हुने लेखेका छन् ।

फिल्मका अन्य कलाकारको बारेमा पनि अहिलेसम्म स्पष्ट जानकारी आएको छैन । तर मिडिया रिपोर्टका अनुसार डन३ मा रणवीर सिंह हुने सम्भावना बढी रहेको बताइएको छ । डन२ मा अभिनय गरेका प्रियंका चोपडा, लारा दत्त, बोमन इरानीलगायत अब तेस्रो संस्करणमा हुन्छन् या हुदैनन् भन्ने स्पष्ट छैन ।

खबर एक्सप्रेस