आज:  | Wed, 27, Sep, 2023

बाग्मती सफाइ महाअभियानको ५३५औं हप्ता

२०८०, २७ श्रावण शनिबार २२:५४ मा प्रकाशित ( १ महिना अघि) ८६९ पाठक संख्या

रास्ट्रको लागी हप्तामा दुई घन्टा स्वयंसेवा भन्ने नाराका साथ शुरु भएको बाग्मती सफाइ महाअभियानको ५३५औं हप्ताको अभियान काठमाडौं र ललितपुरको शंखमुल दोभानमा सम्पन्न भएकोछ । सफाई अभियानसँगै वाग्मती नदि किनारमा कपुर , शिरीष एव तेजपातका बिरुवा समेत वृक्षारोपण गरिएको थियो ।
अभियानमा अधिकार सम्पन्न वाग्मती एकिकृत बिकास समितीका अध्यक्ष उद्दब तिमिल्सिना,आयोजना प्रमुख रबिन्द्र बोहरा, शसस्त्र प्रहरी बल सिनामंगल गणका प्रहरी निरीक्षक परशुराम थापाको नेतृत्वमा १९ जना, वाग्मती सफाइ अभियन्ताहरु, चक्रपथ सरसफाइ पश्चिम खण्डका संयोजक तारा बहादुर कुवर, सुन्दरीघाट वाग्मती सरसफाइ अभियानका संयोजक चित्र सुनुवार, हनुमान मार्ग टोल सुधार समितीका अध्यक्ष दिव्यमणी ज्ञवाली, सेवा समाजका हरि ज्ञवाली सहितको टोलि, वानेश्वर महिला वातावरण प्रा लिका अध्यक्ष दुर्गा दुलाल सहित समुह। स्थानियबासी, काठमाडौं महानगरपालिका वातावरण विभाग टेकु, अधिकार सम्पन्न वाग्मती एकिकृत बिकास समितीका कर्मचारीहरु एव वाग्मती अभियन्ताहरुको उपस्थितीमा २.५ मे टन फोहर व्यवस्थापन गरिएको थियो । बि.स २०७० जेष्ठ ५ गतेदेखी यो महाअभियान निरन्तर संचालनमा रहदै आएको छ ।

 

खबर एक्सप्रेस