काठमाडौं । बुद्ध एयरले १६ औं एटिआर विमान भित्र्याएको छ । बुद्धले ९एन एएनडब्लु कल साइन भएको एटिआर ७२ विमान नेपाल भित्र्याएको हो । बुद्ध एयरले भनेको छ ‘हामीलाई यो कुरा सार्वजनिक गर्न पाउँदा खुसी लागेको छ । बुद्ध एयरले कल साईन ९ एन एएनडब्लुसहितको १६ औं एटिआर ७२ एयरक्रयाफ्ट अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेको हो ।
योसंगै एटिआर ७२—५०० एयरक्र्याफ्ट विमानको संख्या १३ पुगेको छ । त्यस्तै एटिआर ४२ —३०० ३ वटासहित अब बुद्धसंग जम्मा विमानको संख्या १६ पुगेको छ ।