आज:  | Wed, 27, Sep, 2023

निर्माण व्यवसायीले सिँचाइ विभागमा लगाय ताला

२०८०, २८ श्रावण आईतवार ०९:४२ मा प्रकाशित ( १ महिना अघि) ६८३ पाठक संख्या

काठमाडौँ । सरकारी कार्यालयमा ताला लगाई धर्ना दिने तेस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत नेपाल निर्माण व्यवसायी महासंघले जावलाखेलस्थित सिँचाइ विभाग ताला लगाएका छन् । निर्माणको रकम भुक्तानी नगरेको भन्दै व्यवसायीहरू आन्दोलन गरिरहेका छन् । ताला लगाएर धर्नामा बसेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले निर्माण व्यवसायीहरूलाई पक्राउ गरी त्यहाँबाट हटाएको छ ।
यसअघि दोस्रो चरणको आन्दोलन अन्तरगत निर्माण व्यवसायीहरूले बालुवाटारदेखि संसद् भवन अगाडि धर्ना दिएका थिए । अध्यक्ष रवि सिंहले व्यवसायीहरूले सही प्रश्न उठाएको जानकारी हुँदासमेत सरकार बेखबर बनेको आरोप लगाएका छन् ।

खबर एक्सप्रेस