आज:  | Wed, 27, Sep, 2023

२०८१ बाट सुर्ती, खैनी, गुट्खा, पान मसलाको प्याकिङ जैविक गर्नुपर्ने

२०८०, २८ श्रावण आईतवार ०९:५२ मा प्रकाशित ( १ महिना अघि) ५२८ पाठक संख्या

काठमाडौँ । आन्तरिक राजस्व विभागले अन्तःशुल्क नियमावली २०५९ मा भएको चौविसौँ संशोधनले २०८१ वैशाख १ गतेबाट सुर्ती, खैनी, गुट्खा, पान मसला वा यस्तै प्रकारका बस्तु जैविक रूपमा सडेर जाने बस्तुमा मात्र प्याकिङ गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिएको छ । माथि उल्लेखित बस्तु पैठारी गर्ने इजाजतवालालाई सो नियम बमोजिमको तयारी थाल्न विभागले आग्रह गरेको छ ।
आज एक सूचना जारी गर्दै विभागले २०८१ साल वैशाखदेखि यो नियम लागू हुने भएकोले सोही अनुसार तयारी थाल्न इजाजतवाला निकायलाई आग्रह गरिएको छ ।

खबर एक्सप्रेस