आज:  | Wed, 27, Sep, 2023

रजनीकान्त फिल्मको सफलतापछि बद्रीनाथ र केदारनाथ दर्शनमा

२०८०, २८ श्रावण आईतवार १४:२७ मा प्रकाशित ( १ महिना अघि) ३७३ पाठक संख्या

दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर’ले भारती बक्स अफिसमा आक्रामक ओपनिङ गरेको छ। बिहीबार नै रिलिज भएको फिल्मले भारतभर साढे ४४ करोड भारुको ओपनिङ गरेको छ। फिल्मले तमिलनाडु राज्यमा २३ करोड भारु कमाइ गरेको छ भने कर्नाटकमा ११ करोड, केरलामा पाँच करोड र अन्य राज्यमा १३ करोड कमाइ गरेको छ।
फिल्मको सफलतासँगै रजनीकान्त बद्रीनाथ दर्शनका लागि पुगेका छन् भने त्यसपछि उनी केदारनाथ गएका छन्। बद्रीनाथ मन्दिरको पण्डितले रजनीकान्तलाई तुलसीको पात साथै प्रसाद पनि दिएका छन्। रजनीकान्त बद्रीनाथ मन्दिरको आरतीमा पनि सहभागी भएका थिए ।

खबर एक्सप्रेस