आज:  | Fri, 26, Apr, 2024

फिल्म ‘ऐंचो पैंचो’को ट्रेलर सार्वजनिक

२०८०, २९ श्रावण सोमबार २१:५८ मा प्रकाशित ( ८ महिना अघि) १०५५ पाठक संख्या

काठमाडौँ । आगामी भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ऐंचो पैंचो’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो ।
कार्यक्रममा नेकपा एसका नेता एवम् पूर्व पर्यटन तथा संस्कृति मन्त्री प्रेम बहादुर आले पनि सहभागी थिए । आलेले पछिल्लो समय नेपालमा चलिरहेको राजनीतिक अस्थिरतालाई फिल्मले उठान गरेको सुन्दा खुसी लागेको बताए । उनले सार्वजनिक ट्रेलर हेर्दा ‘ऐंचो पैंचो’ उत्कृष्ट बनेको बताए । केपी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मका निर्माता प्रितम लामिछाने र आध्या लामिछाने हुन । भने विशाल चौलागाई सह–निर्माता हुन । कार्यक्र्रममा निर्देशक कृषा चौलागाइले फिल्मको टिजर र गीतलाई दर्शकले राम्रो साथ दिएकाले ट्रेलरलाई पनि उतिकै साथ दिने विश्वास व्यक्त गरिन् ।
फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशील सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका अभिनय रहेको छ ।

 

खबर एक्सप्रेस